पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा चलखेल गरेर केन्द्र सरकारलाई अस्थिर बनाउने षड्यन्त्रविरुद्ध केन्द्र सरकारमा संघीय समाजवादी फोरमलाई ल्याएको बताएका छन् । "/>

प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने गरि संविधान संशोधन : प्रचण्ड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने गरि संविधान संशोधन : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा चलखेल गरेर केन्द्र सरकारलाई अस्थिर बनाउने षड्यन्त्रविरुद्ध केन्द्र सरकारमा संघीय समाजवादी फोरमलाई ल्याएको बताएका छन् ।

‘अब सरकारमा आएको फोरमसँग पार्टी एकता हुन्छ,’ नेपाल पत्रकार महासंघ प्रदेश ४ ले पोखरामा गरेको पत्रकार सम्मेलनमा दाहालले भने, ‘अहिले गठबन्धनमा छौं, चाँडै एकता हुन्छ ।’ दाहालले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्नका लागि संविधान संशोधन हुने खुलाए । ‘संविधान संशोधन गर्ने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने, ‘अब नेकपा र सरकारविरुद्ध उठ्ने विरोधका आवाज बन्द भएका छन् । सरकारलाई सहज भएको छ ।’

सरकार अन्यले आरोप लगाए जस्तो तानाशाही बन्ने सम्भावना नरहेको उल्लेख गर्दै उनले थपे, ‘प्रतिपक्षले कसरी काम गर्छ, सत्ता पक्षले कसरी काम गर्छ भन्ने अबको इतिहासले देखाउनेछ । अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे नेतृत्व तहमा छलफल चलेको जानकारी दिएका दाहालले सरकारले ल्याएको बजेट दीर्घकालीन सोचमा आधारित भएको दाबी गरे ।

‘राजनीतिक कारणले समृद्धि र विकास भएन भन्ने ठाउँ छैन त्यसैले हामीलाई ठूलो चुनौतीको भारी छ,’ उनले भने ‘एकीकरणलाई राम्रोसँग आत्मसात गर्दा नयाँ युगमा प्रवेश गर्ने ढोका खुलेको छ ।’ उनले पार्टी एकीकरणसँगै सबैको ध्यान कार्यकारी राष्ट्रपतीय प्रणालीमा गएको दोहो¥याए । उनले भने, ‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत छन्, हाम्रो पूर्ण ध्यान कार्यकारी राष्ट्रपति नै हो ।
राजधानीबाट

Logo