काठमाडौं

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछि मन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । "/>

संघीय समाजवादी फोरमले गर्यो सभामुखको दाबी !

संघीय समाजवादी फोरमले गर्यो सभामुखको दाबी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछि मन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । पार्टी सचिव तथा बाँके–२ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राईले सरकारमा कसलाई लैजाने भन्ने अध्यक्ष आफैंले टुंगो लगाउने बताए । ‘यो जिम्मेबारी पहिले नै दिइएको हो’, राईले भने– ‘जहिले पनि सरकारमा जाने बाटो खुलेको छ आजै पनि सरकारमा जान सक्छौं ।’

यसैविच फोरमले सभामुखको दाबी पनि गरेको छ । फरक फरक दलको सभामुख र उपसभामुख रहनु पर्ने व्यवस्था अनुरुप आफूले सभामुख पाउनु पर्ने उसको माग छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति गरी सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको हो ।

सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र यादव नेतृत्वको फोरमबीच सरकारमा सहभागी हुने गरी सोमबार २ बुँदे सहमति भएको थियो । सरकारले यादवसँग संविधान संशोधन गर्ने सहमति जनाएको छ । शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दा तत्कालीन एमालेले विरोध गरेको थियो । तत्कालीन नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएकाले संविधान संशोधनको पक्षमा उभिएको थियो । एमालेले त्यतिबेला आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने तर्क गरेको थियो । अहिले त्यही एमालेले समय र परिस्थिति अनुसार संविधान संशोधन र हेरफेर गर्न सकिने भन्दै आएको छ ।
नेपाल समाचारपत्रबाट

 

Logo