‘प्रथम बोसीगाउँ ब्याडमिन्टन मङ्सिर १ बाट

‘प्रथम बोसीगाउँ ब्याडमिन्टन मङ्सिर १ बाट

केन्द्रबिन्दु
0
Shares

‘बोसीगाउँ ब्याडमिन्टन समुह’को आयोजनामा “प्रथम बोसीगाउँ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता –२०७४ आयोजना हुने भएको छ । नगद रु. एक लाख पुरस्कार राशी सहित आयोजना हुन लागेको उक्त प्रतियोगिता ‘बोसीगाउँ ब्याडमिन्टन कोर्ट चन्द्रागिरी नगरपालिका वडा नम्बर १० बोसीगाउँ’ मा आगामी मङ्सिर १ गते देखी १० गते सम्म सञ्चालन हुनेछ ।

अनुमानित ६० देखी ८० टीमको सहभागीता रहने उक्त प्रतियोगितामा द्वीतिय हुनेलाई रु. ५०,५५५ तृतीय हुने २ टीमलाई १५,०००, बेस्ट खेलाडीलाई रु ५,००० र उत्कृष्ट टीम लाई ५,००० नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागीताका लागी रु तीन हजार प्रवेश शुल्क निर्धारणा गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

Logo