#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व111778759197829615228975
नेपाल6051

फिफाको नयाँ वरियता: इंग्ल्याण्डले ऐतिहासिक रेकर्ड राख्दा नेपाल कुन स्थानमा ?

विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले नयाँ बरियता क्रम सार्वजनिक गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ६१ औं स्थानमा यथावत रहेको हो ।

यसअघि पनि नेपाल १ सय ६१ औं स्थानमा थियो । नेपालले हालै कुवेतसँगको दुई मैत्रीपुर्ण खेलमा हार व्यहोरेको थियो । दक्षिण एसियामा भारत शिर्ष स्थानमा छ । १ सय ३ औं स्थानमा रहेको भारत दुई अंक सुधार गर्दै १ सय १ औं स्थानमा पुगेको छ । १ स्थान सुधार गर्दै माल्दिभ्स १ सय ५१ औं  स्थानमा पुग्दा नेपाल १ सय ६१ औं स्थानमा छ ।

भुटान १ सय ८६ औं, बंगलादेश १ सय ८८ औं , पाकिस्तान २ सय औं तथा श्रीलंका २ सय २ औं स्थानमा छ ।  बेल्जीयम शीर्षस्थानमा रहँदा विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा छ भने बाज्रिल तेस्रो स्थानमा छ । १ स्थान सुधार गर्दै इंग्ल्याण्ड इतिहासमै पहिलो पटक दोस्रो उच्च बरियतामा आइपुगेको हो ।

यसअघि पाँचौं स्थानमा रहेको इंग्ल्याण्ड विश्वकप उपविजेता क्रोएसियालाई पछि पार्दै चौंथो स्थानमा पुगेको हो ।

सम्बन्धित समाचारहरु