इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले साडियो मानेको पासमा गोल गरेका थिए । 

त्यसपछि थप गोल नहुँदा लिभरपुल १–० ले विजयी हुन सफल भयो । जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।

Logo