हनी ट्रयापमा पारी पैसा असुल गर्ने २ महिला पक्राउ

हनी ट्रयापमा पारी पैसा असुल गर्ने २ महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हनी ट्रयापमा फसाई रकम असुल गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १० घर भई काठमाडौँ घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौँ कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । 

काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौँ सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जरमार्फत ब्ल्याकमेलिङ गरी आईएमई मार्फत लाखौं रुपैयाँ लिने कार्यमा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरे पश्चात भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय लिईसकेको अनुसन्धानबाट खुल्न आएको छ । 

साथै लालसरी २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुटेकी हुन् ।

Logo