स्याकार ट्रेडिङ्गले ल्यायो “अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा” अफर

स्याकार ट्रेडिङ्गले ल्यायो “अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा” अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी “हर एक नेपालीलाई १ रुपैयाँमा होण्डा” नामक योजना ग्राहकवर्ग माझ ल्याएको छ । कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई ल्याएको हो ।

असोज ११ गते मंगलबारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्ने बताइएको छ । स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपनबाट रु. १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टसमा ७ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नेछन् । थप जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ (नमस्ते) ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्ने बताइएको छ ।

Logo