#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1097555952275343277726125034
नेपाल145193191685320

बीबीसीमा प्रधानमन्त्रीको अन्तर्वार्ता: ‘सगरमाथाको बारेमा अनावश्यक हल्ला चलाइयो’

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणको बिषयमा अनावश्यक हल्ला चलाएको बताएका छन्। बिबिसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले त्यत्ति धेरै अनुमति नदिइएको बताएका हुन् ।

कार्यक्रमको सुरुवातमा सगरमाथा चढ्न जाने यात्रुको लामो लाइनको बिषयवस्तु प्रस्तुत गरिएको थियो। जसमा यस वर्ष ११ आरोहीको मृत्यु भएको र बढी अनुमति दिने गरेको बिषय पनि प्रशारण गरिएको थियो । अन्तर्वाताका क्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा आरोहीलाई अनुमति दिँदा ध्यान दिइने बताए ।

प्रधानमन्त्री ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणलिने बताएका छन् ।  नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ ।’

वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै प्रधानमन्त्री ओलीले यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए ।उनले भने, ‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ ।’

सम्बन्धित समाचारहरु

ताजा समाचार