हलबाहिर तनाव भएपछि केएल टावरमा कबड्डी-४ को प्रदर्शन रोकियो

हलबाहिर तनाव भएपछि केएल टावरमा कबड्डी-४ को प्रदर्शन रोकियो

केन्द्रबिन्दु
0
Shares

एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो । 

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न्न १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ । 

पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको हो । मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । 

चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षु लामाले ‘ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन् ।

प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई रिहाइ गर्ने विषयमा विभिन्न संघसंस्थाले प्रहरीसँग छलफल चलाइरहेका छन् । उनको रिहाइको माग गर्दै बिहानैदेखि प्रदर्शन भएको हो । 

Logo