भिनिसियस, रोड्रीगो सम्मेलित कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा, नेइमार छनौट नै भएनन्

भिनिसियस, रोड्रीगो सम्मेलित कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा, नेइमार छनौट नै भएनन्

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । भिनिसियस, रोड्रीगो सम्मेलित कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा भएको छ । ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासिमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ। आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो।

ब्राजिलको टिमः
गोलकिपरः बेन्टो, एडरसन, एलिसन।
डिफेन्डरः डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस।
मिडफिल्डरः आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा।
फरवार्डः एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर।

कोपा अमेरिकामा ब्राजिल समुह ‘डी’ मा रहेको छ । जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् । ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ मा कोस्टा रिकाविरुद्ध खेल्दै छ ।

Logo