भोलिदेखि काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

भोलिदेखि काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

केन्द्रबिन्दु
0
Shares

 भोलिदेखि दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्य लगायत धार्मिक व्यक्तिहरूबाट उद्घाटन हुने कार्यक्रम दुई चरणमा सम्पन्न हुने छ । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैन लगायत विभिन्न सम्प्रदायका अगुवा लगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । 

बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङ, डा चन्द्र कुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा विष्णु भण्डारीले विभिन्न विषयमा  कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । 

सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरणलाई रोक्ने र नेपाललाई हिन्दुराष्ट्रको रूपमा पुनर्स्थापना गर्ने मार्गचित्रलगायत विषयहरू पारित गर्ने तयारी रहेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

Global bank
आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृती महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न जिल्लाका प्रतिनिधिहरू, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक, बुद्धिजीवी,  ॐ कार परिवारसँग आबद्ध व्यक्तित्वहरूको सम्मेलनमा सहभागिता रहने छ । 

सम्मेलनमा ‘सनातन हिन्दुराष्ट्र अवधारणा र औचित्य, सनातन धर्म र सामाजिक सांस्कृतिक विभेदू वर्तमान अवस्थामा वैदिक सभ्यताको महत्व र धर्मान्तरणका चुनौती र समाधानका उपाएहरू विषयमा कार्यपत्र प्रस्तुत गरिने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

आयोजक समितिको शनिबार बिहान बसेको बैठकले पार्टी अध्यक्ष कमल थापालाई अन्तिम तयारीबारे जानकारी दिएको र थापाले ब्यवस्थित र प्रभावकारी रूपमा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको ज्योतिष सुनज अधिकारीले बताए ।

Logo