कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा रिट दायर गरे

कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा रिट दायर गरे

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालले चुनाव चिह्न ‘गाई’ माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। बिहीबार दर्ता भएको मुद्दाको पेशी भोलि शुक्रबार तोकिएको छ। भोलिको पेशीमा बहस गर्न अध्यक्ष कमल थापा सर्वोच्च अदालत जाने भएका छन्।

यसबारे थापाले ट्विट गर्दै भनेका छन्, ‘संविधान र कानुनले ‘गाई’ चिह्न निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धि मुद्दाको भोलि पेशी छ। म आफैँ बहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ।’

 

Logo