अमेरिका र युरोपमा सबैभन्दा बढी फैलियो मंकीपक्स : डब्ल्यूएचओ प्रमुखले दिए महत्वपूर्ण सल्लाह

अमेरिका र युरोपमा सबैभन्दा बढी फैलियो मंकीपक्स : डब्ल्यूएचओ प्रमुखले दिए महत्वपूर्ण सल्लाह

केन्द्रबिन्दु
0
Shares

कोरोनासँगै अब मंकीपक्स पनि विश्वभर तीव्र गतिमा फैलिरहेको छ । मंकीपक्स अहिलेसम्म विश्वका ७८ देशमा पुगिसकेको छ । यसको धेरैजसो केसहरू युरोप र अमेरिकामा भेटिएको छ । भारतमा अहिलेसम्म चार जना बिरामी भेटिएका छन् भने नेपाल अहिलेसम्म यसबाट अछुतो रहेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यो रोगबारे गलत सूचना पनि भाइरस जत्तिकै घातक रहेको बताएका छन् ।

विश्वभर मान्कीपक्सको बढ्दो केसका कारण यसबारे कोरोनाजस्तै त्रास फैलिरहेको छ । डब्लुएचओका अनुसार यसबाट सबैभन्दा बढी युरोप र अमेरिका प्रभावित छन् । ब्लुएचओका महानिर्देशक गेब्रेयससले यी महादेशमा ९५ प्रतिशत मन्कीपक्सका बिरामी भेटिएको बताए । यससँगै उनले मन्कीपक्सको बारेमा गलत सूचना भाइरस जत्तिकै खतरनाक भएको पनि जोड दिए । यसले विश्वभर डरको वातावरण सिर्जना गर्न सक्छ।

कुनै खोप उपलब्ध छैन

डब्लुएचओका प्रमुखले हाल मन्कीपक्सबिरुद्ध विश्वभरका आम मानिसलाई व्यापक रूपमा लगाउन प्रयोग गर्न सकिने कुनै पनि खोप नभएको बताए । तर, युरोप, क्यानडा र अमेरिकामा यो संक्रामक रोगविरुद्ध खोप लगाइँदैछ ।

Logo