सर्लाहीमा बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु

सर्लाहीमा बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजारमा आज बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्लाहीको कौडेना गाउँपालिका–३ बस्ने ४० वर्षिय चन्दन चौधरी रहेका छन् । 

आज बिहान पौने ११ बजे ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । 

बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Logo