मलेसियाले दिएको ८४ रनको चुनौती पछ्याउँदै नेपाल

आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले निर्धारित ९ ओभरमा मलेसियालाई ८३ रनमा रोकेको हो । यस क्रममा मलेसियाले सात विकेट गुमाएको थियो ।

मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ३० रन बनाए । त्यस्तै विरानदीप सिंहले २१ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करन केसीले एक÷एक विकेट लिए ।

सिंगापुरमा जारी प्रतियोगितामा बुधबार वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल ९ ओभरमा छोट्याइएको छ ।