दिल्लीले सन्दीपसँगकाे सम्झौता नवीकरण नगर्ने

दिल्लीले सन्दीपसँगकाे सम्झौता नवीकरण नगर्ने

केन्द्रबिन्दु
0
Shares

इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेलाई रिलिज गरेको छ ।

दिल्लीले यस संस्करणको आइपिएलमा सन्दीपलाई कुनै पनि खेलमा मौका दिएको थिएन । दिल्लीले सन्दीपसँगै इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।

योसँगै सन्दीपलाई आगमी संस्करणको आइपिएल अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम आज औपचारिक रुपमा सार्वजनिक गर्दैछन् । आइपिएल अक्सन फेब्रुअरी दोस्रो साता हुने छ ।

दिल्लीले अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोनिसलाई टोलीमै राख्ने भएको छ । तीव्र गतिका बलर ड्यानियल साम्सलाई रोयल च्यालेन्जर्स बेंगलोरलाई बेचेको छ ।

सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा सन्दीपलाई दिल्ली खरिद गरेको थियो । त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो । सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए ।

तर, सन्दीपले १३ औं संस्करणमा भने मैदान उत्रन पाएनन् । दिल्ली फाइनल पुगे पनि सन्दीप बेन्चमै सिमित भए । आईपीएल इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि भिडन्तमा मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएको थियो ।

Logo