आगलागीमा परी दुई बालबालिकाको मृत्यु

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् । नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईकाे छोरा हुन् भने गृष्मा भाईकाे छोरी हुन् । आगलागीकाे कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

Logo