अल्फाबिटा अब ‘फास्ट ट्रयाक ब्रिज कोर्स’मा, साढे दुई महिना लाग्ने पढाई चार हप्तामै

अल्फाबिटा अब ‘फास्ट ट्रयाक ब्रिज कोर्स’मा, साढे दुई महिना लाग्ने पढाई चार हप्तामै

केन्द्रबिन्दु
70
Shares

काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘ब्रिज कोर्स’लाई अब फास्ट ट्रयाकमा अघि बढाएको छ ।

यसअघि साढे दुई महिना लाग्ने ब्रिज कोर्स अल्फाबिटाले अब चार हप्तामै पूरा गर्ने भएको हो । सो अवधिमा साढे दुई महिनामा हुने पढाई सबै समावेश हुने अल्फाबिटाको दाबी छ । जसमा अतिरिक्त कक्षा पनि सञ्चालन हुनेछन् । ब्रिज कोर्स गर्न ढिलाई भएर चिन्तामा रहेका विद्यार्थीलाई यो सुनौलो अवसर भएको पनि अल्फाबिटाले जनाएको छ ।

अहिले विद्यार्थीहरु एसईई दिइरहेका छन् । धेरै विद्यार्थीले आफूले एसईई दिएका विद्यालयमा आफूले पढ्न चाहेको विषय नहुँदा कक्षा ११ पढ्न नयाँ विद्यालय खोज्छन् । विज्ञान, व्यवस्थापन र प्राविधिक विषय पढ्न चाहने देशभरका विद्यार्थी काठमाडौं आएर प्रवेश परीक्षाको तयारीमा जुटेका छन् । त्यसलाई मध्यनजर गर्दै अल्फाबिटाले ब्रिज कोर्सलाई फास्ट ट्रयाकमा अघि बढाएको हो ।

यसअघि अल्फाबिटाले ब्रिज कोर्सको कक्षामा भर्ना हुने सुरुका १०० जना विद्यार्थीलाई २० प्रतिशत छुटको पनि अफर ल्याएको थियो ।

‘फास्ट ट्रयाक ब्रिज कोर्स’को रजिष्टरका लागि यस लिंकमा क्लिक गर्नुहोस्

Logo