११ असार २०७९ शनिबार
1
1
1
1

भ्यालेन्टाइन रौनक: कोही गुलाब साट्ने, कोही माया साट्ने (फोटोफिचर)

1
1
1
1

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस विश्वभर मनाईंदै छ । आजको दिन आफ्ना प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम दर्शाउने चलन छ ।

तेस्रो शताब्दीतिर रोममा सन्त भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए। विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए । तर, सन्त भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरे। भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो । राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन सन्त भ्यालेन्टाइनलाई मारिने घोषणा भयो । त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए।

भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो। सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन् । अहिले त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको संकेतको रूपमा लिइन्छ। यही फ्रेबुअरी १४ अहिले विश्वभरि नै भ्यालेन्टाइन डे का नामले चर्चित छ।

काठमाडौँमा पनि भ्यालेन्टाइनको रौनक छाएको छ । गिफ्ट शपदेखि ठूला होटल र शपिङ् मार्केटहरूमा युवायुवतीहरूको प्रेम छरपस्ट पोखिएका छन् । एकान्त डेटिङस्पटदेखि सार्वजनिक ठाउँहरूमा समेत जोडीहरू प्रेममा मस्त जमेका छन् । काठमाडौँका युवायुवतीहरूले कसरी मनाए त भ्यालेन्टाइन डे ?

हेर्नुहोस् फोटोफिचर  

Valentine day

प्रकाशित: २ फागुन २०७६ १७:०३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी