७ हजार घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

७ हजार घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। काठ चिरानको सिफारिस गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो।

टोलीले घुस लिएको ७ हजार रुपैयाँसहित पार्देलाई पक्राउ गरको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनीसँग श्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँसमेत गरी जम्मा ५२ हजार ९७५ रुपैयाँसहित पक्राउ गरिएको हो। आयोगले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

Logo