बसको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

बसको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रौतहट । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।

सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर दिँदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।

बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ ।

ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

Logo