विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते

विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते

केन्द्रबिन्दु
0
Shares

रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ। आक्रमणमा परेर दुई जना प्रहरी जवान घाइते भएका छन्।

स्थानीय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट गाउँपालिका-३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो।

त्यही विवादबारे बुझ्न प्रहरी पुगेको थियो। विवादमा आक्रोसित स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए। कसले कसरी आक्रमण गरेको भन्नेबारे खुलेको छैन। घाइतेहरुलाई उपचारका लागि राति नै जिल्ला अस्पताल ल्याइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

Logo