छोरी कुट्ने बाबु धरौटीमा रिहा

छोरी कुट्ने बाबु धरौटीमा रिहा

केन्द्रबिन्दु
28
Shares

हेटौंडा। छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौंडा-५, सिचाईं टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत पुस २१ गते मण्डलले ४ वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए। घाइते छोरीलाई हेटौंडा अस्पतालमा उपचार गरी घर लगिएको छ। बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही सुरु भएको हो।

Logo