रारामा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

रारामा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

केन्द्रबिन्दु
266
Shares

मुगु। रारा तालको किनार हिमपातले सेताम्य भएर टल्किएको छ। यस्तोमा यहाँ आएर रमाउने पर्यटक बढेका छन्।
माघ दोस्रो सातातिर भएकोहिमपातपछि मौसममा सुधार आएको छ।

खुल्ला आकासमुनि नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमाविभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन्। रारामा हिउँमा रमाउदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु छन्।

हिउँदमा रारामा पर्यटक आगमन घट्ने गरेको थियो यसपटक अघिल्ला वर्ष जसरी अत्यधिक हिमपात नहुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो छैन। त्यसैले पनि रारा पुग्नेले जाडोको फिक्री गरेका छैनन्।

समुद्र सतहबाट २९ सय ७२ मिटरको उचाइमा अवस्थित रारातालको अधिकतम लम्बाइ ५ किलोमीटर र चौडाई ३.२ किलोमिटर छ। रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटरले यसको सुन्दरतालाई जोगाइराखेको छ।

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरु पुगिरहेका छन्। सदरमुकाम गमगढी बजार, मुर्मा,तुम,झ्यारी,टोप्ला,पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवतीरारा जाने गरेका छन्।

छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०-६० जना आउर्ने गरेका छन्। हिउँ नै परेको दिन खेल्न रारा धेरै आन्तरीक पर्यटक आएको निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए।

Logo