नगरप्रमुखका स्वकीय सचिवको निधनमा रामेछाप नगरपालिकामा आज शोक बिदा

नगरप्रमुखका स्वकीय सचिवको निधनमा रामेछाप नगरपालिकामा आज शोक बिदा

केन्द्रबिन्दु
154
Shares

रामेछाप । रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खान सर्केर मेयर लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएपछि आज शोक बिदा दिइएको छ। जिल्ला अस्पताल रामेछापका अनुसार उनको खाना सर्केर मृत्यु भएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै श्रेष्ठको असामयिक निधनबाट पालिका परिवार मर्माहत भएको बताएको छ । उनको निधनको दुःखमा नगरपालिका र मातहतका कार्यालयमा अत्यावश्यक बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले बताए ।

नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिवार वनभोज आयोजना भएको थियो । खाना खाने क्रममा सर्केपछि उनले लामो समयसम्म खोकेका थिए । उनी लगातार खोकीले पनि ठिक नभएर शिथिल बनेपछि उपचारका लागि काठमाडौँ पठाउन हेलिकोप्टर बोलाए पनि हेलिकोप्टर नपुग्दै मृत्यु भएको हो।

Logo