सवारी दुर्घटनमा एक जनाको मृत्यु, ३ घाइते

सवारी दुर्घटनमा एक जनाको मृत्यु, ३ घाइते

केन्द्रबिन्दु
266
Shares

विराटनगर। झापाको शिवसताक्षी नगरपालिका–८ मा भएको सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार मे–१ ह ५८०५ नम्बरको अटोरिक्साले आइतबार साँझ दुईवटा साइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि घाइते भएका शिवसताक्षी–८ का ३१ वर्षीय दिलिप श्रेष्ठ, उनकी छोरी ११ वर्षीय गोमा श्रेष्ठ, ९ वर्षीया शीतल श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका थिए।

उनीहरुको आम्दा अस्पताल दमकमा उपचार भइरहेको थियो। थप उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएकी शीतल श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Logo