वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

केन्द्रबिन्दु
70
Shares

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

सोमबार बेलुकी ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हाे । कर्फ्यू आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको छ। हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

Logo