सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्दै

सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्दै

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन्।

चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन्।

पीडितहरुले आजको प्रदर्शनका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्याली निकालेर पाँचै टोली सुन्धारामा भेला हुने तय छ। त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरुले कोणसभा गर्ने कार्यक्रम छ।

सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ। काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन।

Logo