इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन

इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन

केन्द्रबिन्दु
84
Shares

विराटनगर। शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा.खगेन्द्रनाथ शर्माको निधन भएको छ। आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिए।

इलामको सूर्योदय नगरपालिका-११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए। स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए।

भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए। शर्माका परिवारमा दुई छोरा र एक छोरी छन्। पत्नीको यसअघि नै निधन भइसकेको छ। उनको आजै काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।

Logo