चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। रौतहटको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ।

चन्द्रपुर नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै नगर क्षेत्रका नागरिकले विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बालविवाह अन्त्य गर्न पालिकाभित्रका दश वटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको बताए।

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको छ। विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने चन्द्रपुर नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। कानूनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ।

Logo