तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
308
Shares

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्नेछ। सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईहरुको यो साता राम्रो बित्नेछ।

ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल

मेष राशि –

मेष राशि हुनेहरुका लागि यो साता चन्द्रमाको स्थितिले प्रयासमा सफलता मिल्नेछ। पुरान विवादास्पद मामिलामा विजय र आर्थिक लाभको सम्भावना छ। सम्मान र सहयोग प्राप्त हुनेछ। हराएको सामान फेला पार्ने मौका छ। साताको मध्यममा कार्यक्षेत्रमा ढिलाइ र केही तनाव हुन सक्छ। साताको अन्त्यमा पुन:अवसरहरू प्राप्त हुन सक्छन्। आम्दानीमा वृद्धि हुनेछ र मानिसहरुबाट सहयोग प्राप्त हुनेछ। सावधानीपूर्वक काम गर्नुभयो भने नतिजा तपाइंकै पक्षमा आउनेछ तर लापरवाहीले नकरात्मक नतिजा पनि आउन सक्छ ध्यान दिनुहोला।

वृष राशि –
वृष राशि हुनेहरुका लागि यो साता ग्रहले साथ दिनेछ। आत्मसंयम र परिश्रमबाट सफलता मिल्नेछ। घर बहान सुविधा प्राप्त गर्नमा सफलता मिल्नेछ। आम्दानीमा वृद्धि हुनेछ र भाग्यले पनि साथ दिनेछ। चिन्ताबाट मुक्ति मिल्नेछ। दाजुभाइबाट सहयोग मिल्ने तथा याे बेला काममा बाधा नआउने समयमा छ। भाग्यले साथ दिएपनि अत्याधिक खर्च र निराशाको भावना हुन सक्छ। काम सुचारु ढंगले अगाडि नबढ्दा उदास भइएला तर आगामि आउने दिन राम्रो हुने छ भनि काम गर्नुहोला। ब्यब्साय सुचारु रूपमा व्यवस्थित हुने र परिणाम तपाईंको पक्षमा हुनेछ। यदि तपाईंले जानाजानी कुनै जोखिम लिनुभएन भने, तपाईंले धेरै कुरामा फलदायी परिणामहरू पाउनुहुनेछ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि गायात्री मन्त्रकाे नियमित जप गरेर सकेसम्म नियमित मन्दिर दर्शन गर्दा फाइदा हुनेछ।

मिथुन राशि –

मिथुन राशि हुनेहरुका लागि यो साता सुख समृद्धि र सकारात्मक संकेत मिल्ने अनुकूल योग रहेकाेछ। आम्दानी राम्रो तथा समस्या समाधान हुनेछन्। साताको मध्यममा इच्छित परिणामहरू प्राप्त गर्न ढिलाइ हुन सक्छ। सप्ताहन्तमा बौद्धिक सर्कलबाट मान्यता प्राप्त हुनेछ। आर्थिक अवस्था अनुकूल रहनेछ, योजनाहरू सफल हुनेछन् र साथीभाइसँग भेटघाट हुनेछ। समयमै काम सम्पन्न हुनेछन्। यस अवधिमा गरिएका व्यापारिक सम्झौताहरूले तपाईंलाई उत्कृष्ट परिणामहरू दिनेछन्। यदि तपाईंको काम संञ्चार वा कुराकानीसँग सम्बन्धित छ भने, तपाईंले आफ्नो प्रतिभालाई उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुनुहुनेछ। कर्मचारीहरूलाई ध्यान दिएर काममा नरम दृष्टिकोण अपनाउँनुहाेला।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेबाय मन्त्रको १०८ पटक नियमित जप गर्दा राम्राे हुनेछ।

कर्कट राशि –

कर्कट राशि हुनेहरुका लागि यो साताको प्रारम्भमा भविष्यमा लाभदायी हुने ठूलो परियोजनामा ​​काम हुन सक्छन्। विचारहरूको अवरोध समाप्त हुनेछ, र डरबाट मुक्ति प्राप्त हुनेछ। ब्यबसायी उपकरणमा समस्या आउन सक्छ। बुधवारदेखि आम्दानीमा वृद्धि तथा सहयोग प्राप्त हुनेछ। साताको अन्त्यमा आकस्मिक यात्राको सम्भावना छ।

तपाईं आफ्नो काम सफलतापूर्वक पूरा गर्न सक्षम हुनुहुनेछ र तपाईं आफ्नो सीपको कारण लोकप्रिय पनि हुन सक्नुहुन्छ। आफ्नो क्रोध र अहंकारबाट जोगिनुहाेला। हिम्मत र उर्जा बढ्ने छ। योजनाहरू सफल हुनेछन्, काममा वृद्धि हुनेछ। पेशागत रूपमा, टेन्डर र अन्य सम्बन्धित मामिलाहरूमा संलग्नता हुन सकिन्छ। रोजगारीमा जिम्मेवारी बढ्नेछ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन हनुमान चालिसाकाे पाठ गर्दा फाइदा हुनेछ।

सिंह राशि –

सिंह राशि हुनेहरुका लागि यो साता अनुकूल रहनेछ। आम्दानीमा वृद्धि हुनुका साथै सहयोग प्राप्त हुनेछ। सन्तानबाट सुख प्राप्ति हुनेछ, कानूनी मामिलामा विजय प्राप्त भइएला। साताको अन्त्य तिर आफू अनुकुल काम नहुने भएकाले सावधानी अपनाउनु पर्ने देखिन्छ। व्यवधानसँगै खर्च बढ्नेछ।

सरकारी काममा अनावश्यक ढिलाइ हुँदा तनाव र विवाद हुन सक्छ। सबै कार्य सम्पन्न हुनेछन्, सफलता सजिलै प्राप्त हुनेछ। पेशागत रूपमा जागिरमा पदोन्नतिको अवसर मिल्नेछ, व्यापारमा प्रगति हुनेछ।तपाईं र तपाईंको सहकर्मीबीचको सम्बन्ध अझ राम्रो हुनेछ। विशेष गरी साताको अन्त्यमा आर्थिक मामिला धेरै राम्राे रहनेछ ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन ॐ घृणि सुर्याय नम मन्त्र १०८ पटक जप गर्दा राम्राे हुनेछ।

कन्या राशि –

कन्या राशि हुनेहरुका लागि यो साता काम प्रशस्त हुनेछ। धेरै कार्यहरू एकैसाथ गर्नुपर्ने आवश्यक हुन सक्छ। यात्रा लाभदायक हुनेछ। आर्थिक स्थिति मजबुत रहनेछ। ऋणबाट मुक्ति पाउने अवसर मिल्नुका साथै सहयोग पनि प्राप्त हुनेछ। शुक्रबार र शनिबारले थप समस्या ल्याउन सक्छ। काममा बाधा अड्चन आउन सक्छ।

योजनाहरू असफल हुँदै खर्च बढ्न सक्छ। पेशागत रुपमा पुरानो लगानीबाट लाभ हुनेछ र बेरोजगार व्यक्तिले नयाँ काम पाउन सक्नेछन्। जोखिमपूर्ण कार्य गर्न शुभ नहोला तर बुद्धिमानिले आफ्नो व्यवसायलाई सही दिशामा विस्तार गर्न सकिनेछ। साताको मध्यमा आकस्मिक लाभ हुन सक्छ। तर यो अवधिमा कुनै पनि प्रकारको नयाँ जोखिम नलिनुहाेला।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नम मन्त्रकाे नियमित एकमाला जप गरेर गरिबलाइ भोजन दान गर्दा फाइदा हुनेछ।

तुला राशि-

तुला राशि हुनेहरूका लागि यो साता सुधारको संकेत छ। धेरै लाभदायक समय आएको छ। साताको सुरुदेखि काममा गति आउनेछ र भाग्यले साथ दिनेछ। कार्यहरु सजिलै सम्पन्न हुनेछन्। मंगलबार साँझदेखि, अप्रत्याशित आर्थिक लाभको सम्भावना छ, र आध्यात्मिकतामा तपाईंको प्रतिबद्धता बलियो हुनेछ। तपाईंको सामाजिक हैसियतमा सम्मान बढ्नेछ। साताभर आम्दानी बढ्दै जानेछ र सन्तुष्टिको अनुभव गर्नुहुनेछ। परिवारबाट सहयोग मिल्ने र तपाईंको प्रभाव बढ्नेछ। परिणामहरू प्रायः तपाईंको पक्षमा हुनेछन्।

जागिरेहरुलाइ यो समयले धेरै राम्रो परिणाम दिनेछ। साताको अन्त्य तिर तपाइले पहिला जसरी चलिरहेका छन् त्यसलाई अगाडि बढाउनुपर्नेछ। यात्रा सुखद रहनेछ। व्यावसायिक क्षेत्रमा, उन्नतिको लागि आफ्नो दृष्टिकोण परिवर्तन गरेर व्यापार फस्टाउन सकिनेछ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित पाठ गर्दा राम्राे हुनेछ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरूका लागि यो साता मध्यम रहनेछ। काममा निराशाको भावना आउन सक्छ। नजिकका मानिसहरूले धोका दिन सक्छन्। बुधबारबाट काममा स्थिरता आउनेछ र तनाव अन्त्य हुनेछ। साताको अन्त्यबाट व्यापार व्यावसाय बढ्नेछ र आम्दानीमा पनि वृद्धि हुनेछ। घरजग्गा व्यवसायीहरुका लागि साता निकै राम्रो रहनेछ।

यो साता तपाईंले आफ्नो मेहनत र लगनशीलताको फल पाउनुहुनेछ। व्यापार व्यवसायमा सोचेभन्दा बढी नाफा प्राप्त हुनाले मन प्रसन्न रहनेछ। बौद्धिक क्षमताका कारण लाभ मिल्नेछ। व्यापारमा ठूलो रकमको साथ एक्लै उद्यम नगर्नुहोला।

बेरोजगारका लागि रोजगारीको अवसर रहेकाे छ। शिक्षाको दृष्टिकोणले यो समयले धेरै राम्रो नतिजा दिनेछ। कानूनी र आर्थिक मामिलामा पनि धेरै अनुकूलता रहनेछ। यस अवधिमा तपाईंको मेहनत मात्र होइन तपाईंको भाग्यले पनि साथ दिनेछ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि दुर्गा चालिसाकाे नियमित पाठ गर्दा फाइदा हुनेछ।

धनु राशि –

धनु राशि हुनेहरुका लागि यो साता निकै राम्रो रहनेछ। साताको सुरुवातले प्रारम्भिक चुनौतिहरूको बाबजुद काममा सफलताको सङ्केत गरेकाे छ। स्रोतहरू सजिलै प्राप्त गर्नुहुने छ। पुरस्कार प्राप्तिको सम्भावना छ। आर्थिक अवस्था अनुकूल रहनेछ। साताको मध्यममा अप्रत्याशित नतिजा ल्याउन सक्छ, त्यसैले अपरिचित व्यक्तिलाई विश्वास नगर्नुहोला।

काममा ढिलाइ हुन सक्छ, र आम्दानी कमजोर हुन सक्छ। साताको अन्त्यमा अनुकूल स्थितिमा लाभको अवसर मिल्नेछ। भाग्य तपाईंको पक्षमा रहनेछ, र तपाईंको योजनाहरू सफल हुनेछन्। पेशागत क्षेत्रमा काममा प्रशंसा मिल्नेछ, व्यापार व्यवसायमा सफलता मिल्नेछ। तपाईंको घरको वातावरण राम्रो हुनेछ।

यस अवधिमा आध्यात्मिक गतिविधिमा लाग्नुभयो भने राम्रो हुनेछ किनकि यसले तपाईंको समस्याहरू कम गर्नेछ। अनुसन्धानकर्ताहरूले धेरै राम्रो नतिजा प्राप्त गर्न सक्षम हुनेछन्। प्रेम सम्बन्धका लागि पनि यो समय राम्रो रहेकाे छ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नम मन्त्रकाे नियमित जप गर्दा फाइदा हुनेछ।

मकर राशि –

मकर राशि हुनेहरुका लागि यो साता प्रभावमा वृद्धि हुनेछ। शत्रुहरु परास्त हुनेछन्। ठूलो जिम्मेवारी मिल्ने सम्भावना छ, जसले सफलता हात पर्नेछ। आर्थिक आधार मजबुत बन्ने छन्। काममा सफलता मिल्नेछ। यद्यपि, सप्ताहन्तमा बहुमूल्य वस्तुहरू हराउने वा चोरी हुने सम्भावना छ, त्यसैले सावधान रहनुहोला।

अनावश्यक खर्चबाट बच्न जरूरी छ। सवारीसाधन सम्बन्धि विवाद आउन सक्छ ध्यान दिनुहोला। तपाईंले बुद्धिका साथ कामहरु अगाडी बढाउनु भयो भने मात्र, तपाईं तनावमुक्त रहन सक्षम हुनुहुनेछ। अन्यथा मन कुनै कुरामा व्याकुल रहनेछ। व्यावसायिक क्षेत्रमा साझेदारहरूसँगको सम्बन्ध मधुर रहनेछ र काममा विशेष उपलब्धि हुनेछ। प्रेम सम्बन्ध मज्बुत रहने छ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित एक पाठ गर्दा राम्राे हुनेछ।

कुम्भ राशि –

कुम्भ राशि हुनेहरुका लागि यो साता राम्रो फल प्राप्त गर्ने समय रहेकाे छ। काममा सफलता, सन्तानबाट सहयोग र आम्दानीमा वृद्धि हुने संकेत छ। विदेश यात्रा गर्ने योजनामा ​​​​हुनुहुन्छ भने अहिलेसम्म देखिएका समस्याहरू अन्त्य हुनेछन्। आर्थिक क्षेत्रमा सुधार हुनेछ। शत्रुहरू पराजित हुनेछन्। साताको मध्यतिर केही उदासीनता र काममा रुचिको कमी हुन सक्छ।

शत्रुहरुबाट तपाईंलाई हानि पुर्‍याउने प्रयास हुन सक्छ। द्रुत कार्यले योजनाहरू सफल हुनेछन्, र तपाईं काममा ध्यान केन्द्रित गर्न सक्षम हुनुहुनेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। जागिरमा सीमित लाभ मिल्न सक्छ। ऋण लिन वा ऋण तिर्न दुवैको लागि यो समय उत्तम रहनेछ। तर आफ्नो आर्थिक तथा पारिवारिक मामिलामा लापरवाही नगर्नुहाेला।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिबाय मन्त्रकाे जप गर्दा फाइदा हुनेछ।

मिन राशि –

मिन राशि हुनेहरुका लागि यो साता तर्कहीन व्यवहार नगर्नुहाेल। जसले सम्भावित रूपमा हानि निम्त्याँउन सक्छ। तपाइंको सकारात्मक सोचले गर्दा यो साता प्रयास गरिएको काममा सफलताका साथै आम्दानीमा बृद्धि हुनेछ। यद्यपि, साताको अन्त्यमा केही समस्याहरू फेरि आउन सक्छ। ऋण असुलीमा सावधानी अपनाउनुपर्ने छ।

जागिरमा उच्च अधिकारीहरूलाई बेवास्ता नगर्नुहाेला। तपाईंले धेरै अनुकूल परिणामहरू प्राप्त गर्ने समय छ तर विचलित नहुनु हाेला। घरपरिवारको लागि खर्च बढ्नेछ । यदि तपाईं कला वा साहित्यको विद्यार्थी हुनुहुन्छ भने तपाईं यस अवधिमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुनुहुनेछ।

यो हप्ता तपाईंको जीवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गर्दा राम्राे हुनेछ।

Logo