रामेछापमा वनमा लागेको डढेलोले १२ घर जले, करोडौँको क्षति

रामेछापमा वनमा लागेको डढेलोले १२ घर जले, करोडौँको क्षति

केन्द्रबिन्दु
42
Shares

मन्थली (रामेछाप) । जिल्लाको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको अगालागीबाट रु एक करोड ८६ लाख ३१ बरावरको क्षति भएको छ ।

आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुुुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण सङ्कलन गरिएको हो । आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ ।

बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो ।

Logo