लायन्स अन्तर्राष्ट्रीय ‘डिस्ट्रिक ३२५ ई’को दोश्रो वार्षिक अधिवेशन सम्पन्न

लायन्स अन्तर्राष्ट्रीय ‘डिस्ट्रिक ३२५ ई’को दोश्रो वार्षिक अधिवेशन सम्पन्न

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । लायन्स अन्तर्राष्ट्रीय ‘डिस्ट्रिक्ट ३२५ ई’को दोश्रो वार्षिक अधिवेशन सम्पन्न भएको छ।

गत शनिबार बत्तिसपुतलीस्थित् अनुपम फूडल्याण्डमा सम्पन्न दोश्रो वार्षिक अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। लायन्स वर्ष २०२४/२५ का लागि चयन गरिएको नयाँ कार्यसमितिको डिस्ट्रिक्ट गभर्नरमा रामसरन बस्नेत, प्रथम भाईस गभर्नरमा हिराप्रसाद गुप्ता र दोश्रो भाईस गभर्नरमा श्यामकुमार यादव निर्वाचित भएका छन्।

लायन्स अन्तर्राष्ट्रीयका पूर्व निर्देशक ई.संजय खेतानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सेवा र सदस्यताको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका लायन्सकर्मीलाई सम्मान गरिएको छ।

तिलगंगा आँखा अस्पतालको प्राङ्गणबाट आकर्षक झॉकीसहित सुरू भएको प्रभातफेरि बगीमा डिस्ट्रिक्ट गभर्नर हरीप्रसाद दाहाललाई नगर परिक्रमा गरिएको थियोभने दोस्रो जिल्ला अधिवेशनमा जिल्लाभरीका १ सय १२ क्लबबाट करिब ५ सयजना प्रतिनिधि सहभागी भएको बताइएको छ।

लायन्सले नेपालका १५ जिल्लामा ४५ हजारभन्दा बढी सदस्य क्रियाशिल रहेको दाबी गरेको छ। एक वर्षकै अवधिमा आफूले संयुक्त राष्ट्र संघबाट मान्यता प्राप्त गरेको पनि लायन्सले दाबी गरेको छ।

Logo