पाँचथर हत्याकाण्डमा यसरी बचिन् १२ वर्षीया नातिनी (भिडियोमा)

पाँचथर हत्याकाण्डमा यसरी बचिन् १२ वर्षीया नातिनी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्ड थप रहस्यमय बनेको हो। प्रहरीले मानबहादुरमाथि नै हत्या आरोप लगाएको छ। हत्या भएको स्थलभन्दा करिब दुई घन्टा पैदल हिँड्दा पुगिने ठाउँ मिक्लाजुङ–८ लुङमाङदिनमा कान्छा ज्वाइँ माखिमको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। हत्या गरेर माखिमले आत्महत्या गरेको प्रहरीको दाबी छ। माखिमको शव भेटिएको ठाउँ नजिकै रगत लतपतिएको खुकुरी फेला परेको छ।

सोमबार राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो।

सीता खजुम राति छिमेकी कान्छीमाया फियाकको घरमा शरण लिएर बसिन् । मिक्लाजुङ–३, आरुबोटेस्थित घरमा बाजे बमबहादुर र बोजु बिर्छाहाङमा फियाकसँगै बस्दै आएकी उनी १० बजे राति त्यो नरसंहारबाट भागेर बचिन् । हत्यारा उनलाई पनि लखेट्दै आएका थिए तर भागेर छिमेकी कान्छीमायाभित्र लुकिन् र बाचिन् । थप भिडियोमाः

कांग्रेस प्रवक्ता पाँचथर सामूहिक हत्या प्रकरणस्थल पुग्दा (भिडियोमा)

पाँचथर सामूहिक हत्याकाण्ड: ‘कान्छी छोरी र ज्वाईको बारम्बार झगडा पर्थ्यो’

पाँचथर ९ जना हत्याकाण्डः अनुसन्धानमा सिआईबीदेखि कुकुरसम्म, सम्पूर्ण नाका शिल

पाँचथरमा गएराती दुई परिवारका ९ जनाको विभत्स हत्या !

Logo