बुटवलको जंगलमा रक्ताम्य अवस्थामा भेटियो पुरुषको शव

बुटवलको जंगलमा रक्ताम्य अवस्थामा भेटियो पुरुषको शव

केन्द्रबिन्दु
0
Shares

बुटवल । सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका १० फायरलाइन नजिकै रहेको सालझण्डी सामुदायिक वनमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको अझै पहिचान खुलेको छैन । जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । शव रक्ताम्य अवस्थामा भेटिएको छ । शरीरको विभिन्न ठाउँमा चोट लागेको कारण पनि हत्या भएको अनुमान गरिएको छ ।

Logo