बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामापरी दशरथचन्द नगरपालिका १० का अन्दाजी ४० वर्षका हिरा बल्लभ भट्ट र अन्दाजी ६० वर्षकी नरुली भट्ट र एक अर्का पहिचान नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नेत्रमणि गिरीले जानकारी दिए ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका– १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक नवीन भट्ट घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले बताए ।

Logo