त्रिशुलीमा बस खस्दा मर्नेको संख्या ५ पुग्यो, २९ घाईते

त्रिशुलीमा बस खस्दा मर्नेको संख्या ५ पुग्यो, २९ घाईते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिशुलीमा बस खस्दा मर्नेको संख्या ५ पुगेको छ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मर्नेको संख्या ५ पुगेको हो ।

धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो । दुर्घटनामा परी अन्य २९ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाईएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय घादिङले जनाएको छ ।

Logo