अञ्जना हत्या प्रकरणको ट्वीष्टः बुहारीको गतिविधिमाथि उज्वलको शंका

अञ्जना हत्या प्रकरणको ट्वीष्टः बुहारीको गतिविधिमाथि उज्वलको शंका

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

ललितपुर । ललितपुरकी अञ्जना महतको हत्या घटनामा नयाँ ट्वीस्ट आएको छ । गत बैशाख २६ गते ढोलाहिटीमा अञ्जनाको आफ्नै जेठाजु म्यूजिक कम्पोजर उज्वल महतले विभत्स हत्या गरेका थिए ।

उक्त हत्या प्रकरणको यर्थात कुरा भने बाहिर आईसकेको छैन् । तर परिवारजनले उज्वल मानसिक रोगी भएको दाबी गर्दै आएका छन् । प्रहरीले अनुसन्धानले भने उनी मानसिक रोगी देखिएका छैनन् । उनले विभिन्न कारणले आफ्नै बुहारीको विभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले प्रहरीसमक्ष बयान दिईसकेका छन् । प्रहरीले भने उक्त बयान गोप्य नै राखेको छ । पारिवारिक श्रोतका अनुसार उज्वल रोगी नभई बुहारीप्रति आकर्षित थिए ।

उक्त घटनाबारे अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त, चापागाउँले घटना हुनुअघिनै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जनासँग असन्तुष्ट थिए । भाइबुहारीले घर बन्धकी राखेर क्यानडा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेका थिए ।

हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । चापागाउँका डीएसपी राजकुमार खिउजुले बयान लिने काम सकिएको जानकारी दिए ।

पाटन अस्पतालमा अञ्जनाको शव पोष्टमार्टमका लागि पठाइएको थियो । जसको रिपोर्ट अझैसम्म आएको छैन । पोष्टमार्टम रिपोर्टले घटनाको थप पाटोबारे उजागर गर्ने अनुसन्धान अधिकारीको विश्वास छ ।

Logo