महिलालाई रुखमा बाधी बलात्कार गर्न खोज्ने मनिश पक्राउ

महिलालाई रुखमा बाधी बलात्कार गर्न खोज्ने मनिश पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनगढी । महिलालाई रुखमा बाधी बलात्कार गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका ६ को मसुरिया र कनरीबीचमा रहेको भारताल जंगलमा लगेर रुखमा बाधी करणी गर्न खोज्ने कैलारी गाउँपालिका ८ कै २४ वर्षीय मनिश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले गत फागुन १८ गते दिउँसो १ बजेको समयमा महिलालाई धारिलो हतियार चक्कु देखाई जंगलमा लगी करणी गर्न खोजेका थिए।पीडितलाई त्रास देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर ब्राले पीडितको हात पछाडि बाधी आफ्नो बेल्टले रुखमा घाटी बाधेर जबरजस्ती करणी गर्ने क्रममा महिलाले साईकल, मोवाईल र पर्स सडक छेउमा छ भनेपछि लिन गएका बेला भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

चौधरीको खोजी गर्दै जाँदा शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहरा शिविरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए।

Logo