जेठमा बिवाहको तयारीमा रहेकी युवतीको शव फेला

जेठमा बिवाहको तयारीमा रहेकी युवतीको शव फेला

केन्द्रबिन्दु
0
Shares

बुटवल । रुपन्देहीमा एक युवतीको शव फेला परेको छ । जेठमा बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा फेला परेको हो ।

सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । निशाको शव पोष्टमार्टका लागि काठमाडौं शिक्षण अस्पताल महाराजगञ्ज प्रहरीले जनाएको छ ।

घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

उनी सोमबार राति खाना खाएर कोठामा सुत्न गएकी थिईन् । राति आमाले हेर्दा कोठामा नदेखेपछि खोजी गर्दा भेटिईनन् । मृतका बाबु महोम्मद हिसाहारका अनुसार मंगलबार पनि दिनभर खोज्दा फेला नपरेकी तर आज भने शव फेला परेको हो । उनको मुख निकै फुलिएको छ ।

Logo