रिना बस्‍नेत मृत्यु प्रकरणः फरेन्सिक र पोष्टमार्टम रिर्पोट नेगेटिभ

रिना बस्‍नेत मृत्यु प्रकरणः फरेन्सिक र पोष्टमार्टम रिर्पोट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

मोरङ । गत वैशाख ७ गते आफ्नै डेरा अगाडि मृत भेटिएकी रिना बस्नेतको फरेन्सिक तथा पोष्टमार्टम रिर्पोट नेगेटिभ भेटिएको छ । पोष्टमार्टम रिर्पोट र फरेन्सिस रिपोर्ट नेगेभिट भेटिएको घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको उनको भनाई छ । घटनाबारे प्रहरी न्यारो डाउनको अवस्थामा पुगेको र भिसेरा पनि नेगेटिभ देखिएको उनको भनाई छ । रिर्पोटमा मृतकको पेटमा मदिरा फेला परेको छ ।

फरेन्सिक र पोष्टमार्टम रिपोर्ट नेगेटिभ भेटिए पनि प्राविधिक पक्षको अनुसन्धान भने जारी रहेको एसपी केसीले बताए । प्राप्त पोष्टमार्टम रिपोर्टका अनुसार माथिबाट खस्दा बस्नेतको टाउको र छातीभित्र गहिरो चोट लागेको देखिएको छ ।

यसबीच शंकास्पद तीन जनामाथि गरिएको पोलिग्राफी परिक्षणको पनि नेगेटिभ आएको उनले बताए । पोलिग्राफीमा समेत तीनजनाले भनेका कुरा सही भएको बताइएको छ।

पोलिग्राफीका क्रममा हाल प्रहरी मातहत रहेका कमल नेपाल, मनिता नेपाल, र मृतक बस्नेत बसेको घरमा बस्दै आएका मदन गुरागाईमाथि पोलिग्राफी परीक्षण गरिएको थियो। बस्नेत मृत्यु प्रकरणमा प्रहरीले हालसम्म करिब ५० जनामाथि सोधपुछ गरिसकेको छ ।

सम्बन्धित थप समाचारः

रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार, आन्दोलन गर्न बनेको समिति विघटन

रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार, आन्दोलन गर्न बनेको समिति विघटन

रिना बस्नेको बलात्कारपछि हत्या नभएको पोष्टमार्टम रिपोर्टले देखायो

रिनाको मृत्यु प्रकरणः प्रेमी कमल नेपाल पक्राउ, श्रीमान नेपाल आईपुगे

नग्न अवस्था मृत भेटिएकी रिना किन थिईन् दिनभर तनावमा ?

मोरङमा प्रहरीद्वारा हवाई फायर, १ जना घाइते

डेरा अगाडि विभत्स अवस्थामा महिलाको शव फेला, भित्री बस्त्र कोठामै भेटियो

Logo