प्रदर्शनकारीको सिक्री लुटेको आरोपमा प्रहरी जवानमाथि कारवाही

प्रदर्शनकारीको सिक्री लुटेको आरोपमा प्रहरी जवानमाथि कारवाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदर्शनकारीको सिक्री लुटेको आरोपमा एक प्रहरीमाथि कारवाही गरिएको छ । बौद्धमा सडक पिच गर्न माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रर्दशनकारीको सिक्री लुटेको आरोपमा एक प्रहरी कारबाहीमाथि कारवाही गरिएको हो ।

प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौले कारवाही गरेको हो । प्रहरी जवान श्रेष्ठलाई निलम्बन गरिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

समिति बनाएर अनुसन्धान शुरु गरिएको र अहिले जवानलाई निलम्बन गरिएको एसएसपी सुवेदीको भनाई छ । गत बिहीवार बौद्धमा धुलोमुक्त बनाउन पिच गर्नुपर्ने भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प पारेका थिए । बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो बन्द गरिएको थियो।

यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको थियो। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रदर्शनकारी नियन्त्रण लिने क्रममा प्रहरीले सिक्री चुडाएर लगेको आरोप लागेको छ । अनुसन्धानका क्रममा पनि प्रहरी जवानले नै सिक्री लगेको देखिएको छ । प्रहरीले प्रर्दशनकारीको सिक्री फिर्ता दिएको छ।

Logo