भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट सबै यात्रु ओरालिएपछि…

भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट सबै यात्रु ओरालिएपछि…

केन्द्रबिन्दु
2.5k
Shares

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट सोमबार बिहान सबै यात्रुलाई ओरालिएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बिहान साढे ७ बजे उड्ने तालिका रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको बताए ।

जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन् भने यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पठाउने तयारी भएको बताइएको छ ।

Logo