बाढीले काठमाडौंमा बिचल्ली [फोटो/भिडियाे]

बाढीले काठमाडौंमा बिचल्ली [फोटो/भिडियाे]

केन्द्रबिन्दु
70
Shares

मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेकाे छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । अविरल वर्षासँगै काठमाडौँका बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २३ जनाको बढीको मृत्यु भएको छ । केही हराइरहेका छन् भने खोजी कार्य पनि जारी छ । बाढीमा फसेका केहीले उद्धारका लागि हारगुहार गरिरहेका छन् । त्यसका लागि काठमाडौैं महानगरपालिकालगायतबाट रेस्क्यू टोली पनि परिचालन भएका छन् । तटीय क्षेत्रलगायत सडकहरु जलमग्न भएको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Logo