गोदावरीमा पहिलो चरणको राहत र पुनःस्थापनाको काम धमाधम

गोदावरीमा पहिलो चरणको राहत र पुनःस्थापनाको काम धमाधम

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुनःस्थापनाका लागि सिंगो टिम सक्रिय भएको बताएका छन् ।

उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरू, ट्रयाकहरू खोल्ने कामहरू अगाडि बढाएको जानकारी दिए ।

उनले भने,‘उपत्यका कै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा पनि ६ र ७ नं वडा अलि धेरै प्रभावित छन् । पहिलो चरणमा राहत र पुनःस्थापनाका लागि नगरपालिका सिंगो टिम सक्रिय छौँ । तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरू र ट्रयाकहरू खोल्ने कामहरू अगाडि बढाएका छौँ । सबै वडामा करिब खुलिसकेको छ भने यो ७ नं मा खोल्न गाह्रो भएको छ । यसलाई पनि दुईचार दिनभित्र सबै बस्तीमा पुग्नेगरी बाटो खोल्ने छौँ ।’

उनले गोदावरीमा खानेपानीको समस्या एकदमै धेरै रहेको भन्दै खानेपानीको व्यवस्था गर्न अलि बढि समय चाहिने बताए । उनले भने,‘दशैँतिर लगत्तै पुनःनिर्माणको काम सुरु गर्ने छौँ । अर्को खानेपानीको समस्या छ । विद्युत् प्राधिकरणको काम भइरहेको छ । अलिकति समय चाहिँ यो खानेपानीमा लाग्ने देखियो ।’

Logo