गीतकार तथा गायक निर्मलराज पौडेलको ‘बडादशैँ बडादशैँ, हर्षको आगमन’ बोलको गीत सार्वजनिक

गीतकार तथा गायक निर्मलराज पौडेलको ‘बडादशैँ बडादशैँ, हर्षको आगमन’ बोलको गीत सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । गीतकार निर्मलराज पौडेलको ‘बडादशैँ बडादशैँ, हर्षको आगमन’ बोलको दशैँ गीत सार्वजनिक भएको छ ।

चाडपर्वका अवसरमा विगतमा गरिने रमाइलोको स्मरण गर्दै गीत, संगीत तथा प्रस्तुतिहरूलाई भावी सन्ततिहरूले पनि थाहा पाऊन् र महसुस गरून् भन्ने उद्देश्यले यो गीत तयार पारिएको हो ।

गीतकार तथा गायक पौडेल भन्छन्, ‘विगत दश–पन्ध्र वर्ष अगाडिसम्म पनि बडादशैँको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो, तर आजभोलि सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसैकारण हाम्रा पालाका गीत, संगीत तथा प्रस्तुतिहरूलाई हाम्रा सन्ततिहरूले पनि थाहा पाऊन्, महसुस गरून् भन्ने उद्देश्यले गीत तयार पारेका हौँ ।’

गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा तथा मनिष पौडेलले स्वर सुन्न सकिन्छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी दीपिका थापाले गरेकी छिन् ।

यो रमाइलो गीतको म्युजिक भिडियोमा कलाकार गोपाल ढकाल ‘छन्दे’, नवराज कार्कीका साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् । गीतमा नेपालीहरूले दशैँ मनाउने शैली र परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको यसै वर्ष तीज गीत पनि सार्वजनिक भएको थियो ।

Skip This
Skip This
Logo