सुख्खा पहिरो खसेर अवरूद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

सुख्खा पहिरो खसेर अवरूद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। शुक्रबार दिउँसो सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार दिउँसो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो खसेर वैकल्पिक मानिएको बाटो पनि अवरुद्ध भएको थियो।

पहिरोले सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरेको थियो। तर, मानवीय क्षति भने भएको थिएन।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार उक्त सडक खण्डको पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेबाट सडक पुनः सञ्चालनमा आएको हो।

Logo