सप्तरी । सप्तरीमा बलात्कार घट्ना ह्वात्तै बढेको पाईन्छ । गएको ११ महिनामा बलात्कार र बलात्कार प्रयासका ६० घटना भएको पाइएको छ । "/>

सप्तरीमा ११ महिनामा ३३ नाबालिका बलात्कृत

सप्तरीमा ११ महिनामा ३३ नाबालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

सप्तरी । सप्तरीमा बलात्कार घट्ना ह्वात्तै बढेको पाईन्छ । गएको ११ महिनामा बलात्कार र बलात्कार प्रयासका ६० घटना भएको पाइएको छ । बलात्कारका ३२ घटनामा दुई र तीन वर्षीया ३३ नाबालिका परेकी छन् ।

राजविराजमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा संकलित मानवअधिकार उल्लघंन र ज्यादतीका घटनाको प्रकाशन पूर्व आयोजित वार्षिक समीक्षामा इन्सेक सप्तरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

उक्त प्रतिवेदनमा बालिका बलात्कारका ३२ र यौन दुव्र्यवहारका १३ घटना भएको उल्लेख छ । त्यस्तै, महिला बलात्कारका ११ र यौन दुर्व्यवहारका चार घटना भएको प्रतिवेदनमा उल्लेख छ।

बलात्कारका यी घटनामा १२ वर्षीय बालकदेखि ६५ वर्षीय वृद्धसमेत संलग्न भएको पाइएको छ । जसमा ४३ जना आरोपित मध्ये १७ जना थुनामा छन् भने ११जनाविरुद्ध वारेण्ट जारी गरिएको छ । यी घटनाका ६ अभियुक्त फरार छन्।

त्यस्तै यौनहिंसामा संलग्न आरोपि मध्ये २ जना बालकलाई संरक्षकको जिम्मा लगाइएको छ । त्यस्तै २ बालकको कैद सजाय स्थगन भएको छ । ती घटनामा संलग्न ३ जनाले सफाइ पाए भने एकजना धरौटीमा रिहाइ भएका छन् । अर्का एकजना पक्राउ परेका छन्।

बालिका यौन दुर्व्यवहारका १३ घटनामा ३ र ६ वर्षका बालिकासमेत पीडित बनेका छन्। आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना छन् । जसमध्ये तीनजना बालक बालसुधार गृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन् ।

एकजनालाई कैद सजाय, ५ थुनामा, १ जनामाथि वारेण्ट जारी, १ जना फरार छन् भने ३ जना धरौटीमा रिहा भएका छन्। महिला बलात्कारका ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेका छन् । आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन्।

 

Logo