वीरगञ्ज । पर्सामा एक महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी छन् । छिपरहमाई गाउँपालिका १ मिर्जापुरकी २५ वर्षीया महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी हुन् । "/>

घरभित्र छिरेर मुख थुन्दै एक महिलाको बलात्कार

घरभित्र छिरेर मुख थुन्दै एक महिलाको बलात्कार

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । पर्सामा एक महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी छन् । छिपरहमाई गाउँपालिका १ मिर्जापुरकी २५ वर्षीया महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी हुन् । घरमा कोही नभएको मौका छोपी छिमेकी ३२ वर्षीय राजकुमार यादवले ति महिलामाथि बलात्कार गरेका हुन् ।

गत मंगलबार साँझ घरमा कोहि नभएको मौका छोपेर घरभित्र छिरेका यादवले आफ्नो मुख थुनेर जर्बजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन्। घटनापछि पीडित महिलाले घर बाहिर रहेका आफ्ना पतिलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिईन् । पको सहयोगमा उनले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएकी छन् ।

उजुरीपछि पीडित महिलाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। स्वास्थ्य परीक्षणपछि पीडित महिलालाई घर पठाइएको र आरोपीहरुको खोजीकार्य भईरहेको ढकालको भनाई छ ।

यसअघि यसअघि गत कात्तिक ५ गते पर्साकै वीरगन्ज महानगरपालिका १८ सौराहटोलकी ४० वर्षीया एक दलित महिलालाई शौच गर्न खेतमा गएका बेला गाउँकै चारजना युवाले सामूहिक बलात्कार गरेका थिए।

बलात्कारको भिडियो समेत खिचेका उनीहरुले पीडित दलित महिलासँग रकम मागेर धम्क्याएका थिए। तर पीडितले रकम नदिँदा उनीहरुले बलात्कारको भिडियो गाउँका केही व्याक्तिलार्इ देखाएका थिए।

Logo