बुटवल । रुपन्देहीमा कार र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । "/>

रुपन्देहीमा कार र मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु

रुपन्देहीमा कार र मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवल । रुपन्देहीमा कार र मोटरसाइकल ठोकिदा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ८ का तिलक सुनार रहेका छन् भने अर्काको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । कारसमेत सडकबाट तल पानी जमेको खाल्डोमा खसेको छ । कारलाई निकाल्न जेसीबीको प्रयोग गरिएको छ ।

 

Logo